सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भान्से देखि सबै प्रबन्धकको आफन्त, यी नर्सले गरिन यस्तो सनसनीपूर्ण खुलासा (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : आफुलाई निन्द्रा लाग्ने औषधि खुवाइएको समयमा अनसन तोडाउन जुस खुवाएको र आफू होसमा नभएको बेलामा गरिएको सहमति मान्य नहुने र नर्सको माग सम्बोधन नगरेसम्म अनसन जारी राख्ने भन्दै भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्स दिक्की शेर्पा पुन अनसन बसेकी छिन। उनले आइतबार गरिएको सहमति पेपर पनि च्यतिदिएका छन्।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत २ जना कर्मचारी बाहेक सबै करारमा नै काम गर्दै आएको नर्स ट्राजिन ज्योतिले बताइन। राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सबै निर्देशक र राजनीतिक पहुँच भएका कर्मचारीको हाबी भएका कारण आफन्तलाई सेवा सुबिधा दिने गर्छन। जसको चकाटी र राजनीतिक पहुँच हुदैन त्यस्तालाई २ बर्षसम्म पनि भोलूंटियर नै बनाई राखेको उनले खुलासा गरेकी छिन। आफन्त र राजनीतिक हावी भएकै कारण आफुहरुले पाउने सेवा सुबिधाबाट बन्चित हुनु परेको उनले बताए।

केहि समय अघि नर्सहरुकै हक हित लागि शान्तिपुर्वक बसेको धर्नामा पनि बिभिन्न लान्छना लगाई भेडा बाख्रालाई जसरी कोचेर हिरासतमा लागेको र अस्पतालको सेवा अबरुद्ध गरेको जस्ता आरोप लगाएका थिए। पटक पटक संस्थाले आफुहरुको मागलाई बेवस्ता गरेका कारण अनसन बस्ने अवस्था सिर्जना भएको उनले बताए।

नर्स दिक्कीले यस्तो राजनीतिक र आफन्त हाबी भएको स्टम नै परिवर्तन हुनु पर्ने माग राखेका छन्। उनले करार र स्थायी कर्मचारी दुवैको सेवा सुबिधामा फरक हुन नहुने जस्ता माग गरिरहेका छन्। जब सम्म यस्तो स्टम परिवर्तन हुदैन तबसम्म एक्लै भए पनि लडिरहने उनले बताए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू