मान्छेलाई जिउँदै रुखको बोक्रा तासेको जस्तै गरि ताछिएको रहेछ : प्रत्यक्षदर्शी (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको सामूहिक हत्याको घट्नाको प्रहरीले अनुसन्धान जारी राखेको छ । घटनामा संलग्न मानिएका मानबहादुर माखिमको शव झुन्डिएको अवस्थामा भेटिएपछि हत्याकाण्ड थप रहस्यमय बन्दै गएको छ। प्रहरीले भने मानबहादुरमाथि नै हत्या आरोप लगाएको छ।

दुई घरमा रगतका टाटैटाटा थिए । ७४ वर्षीय बमबहादुरको अनुहार पुरै रुखको बोक्रा तासेको जस्तै ताछिएको देखिन्थ्यो । घरको भित्ता रगतले पोतेको थियो भने भुइँमा रगतको आहाल जमिरहेको थियो। शरीरका विभिन्न भागमा खुकुरी र छुरी प्रहार भएको देखिन्थ्यो। यो घटनालाई विभिन्न कोणबाट अनुुसन्धान गर्नुपर्ने स्थानीयले माग गरेका छन्। आफ्नै गाउमा यसरी ९ जना हत्या भएपछि पुरै गाउ त्रसित छन्। गाउँमा सुरक्षाकर्मी बाक्लै परिचालित भए पनि मनबाट भय हट्न नसकेको स्थानीयको भनाइ छ।

घटनाको प्रकृति हेर्दा प्रहरीले आशंका गरिएको व्यक्तिको मात्र संलग्न देखिदैन। यस हत्याकाण्डमा संलग्न अपराधीलाई कडा भन्दा कडा कारबाहीको माग स्थानियले गरेका छन्।

वैशाख ३० गते धनराजको घरको नुनको बट्टामा सिसाका टुक्रा फेला परेको थियो । नुन मिसाएर पकाएको खाजा खाँदा ८ जना बिरामी भएका थिए । उक्त घटना पछि धनराजले हामि अलि धरापमा छौ भनि स्थानिय पहलमान फियाकलाई बताएका थिए। उनले त्यसो भनेको केहि दिनमै विभत्स हत्या भएको स्थानिय पहलमान फियाकले बताए।

सोमबार राति बमबहादुर फियाकसहित उनकी पत्नी फुर्चीमाया फियाक, माइली छोरी जस्मिता फियाक (शेर्मा), कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम, माइँला ज्वाइँ धनराज शेर्मा, धनराजका छोरी युहाना, मुना शेर्मा र धनराजकै भतिजी इक्सा शेर्माको हत्या भएको थियो।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू