चुनावी नतिजा हेर्दाहेर्दै कांग्रेस जिल्ला अध्यक्षको हृदयघातका कारण मृत्यु

रिता घिसिंग

काठमाडौँ : भारतको मध्यप्रदेशको एक मतगणना केन्द्रमा सिहोर जिल्लाका कांग्रेस अध्यक्षको हृदयघातका कारण मृत्यु भएको छ।

भारतको लोक सभा निर्वाचनको मत गणना भईरहेका बेला मतगणना केन्द्रमा रहेका जिल्ला अध्यक्ष रतन सिँहको हृदयघातबाट ज्यान भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

सिँहलाई चुनावी नतिजा देखेर हृदयघात भएको र उपचारका लागि अस्पताल लगिएपनि तत्कालै उनको ज्यान गएको हो।

अहिले भारतमा लोक सभा निर्वाचनको मतगणना जारी छ। अहिलेसम्मको मत परिणाम अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले ३४२ स्थानमा अग्रता लिईरहेको छ।

प्रतिक्रिया