अभिनेता विवेक ओबरोयलाई नक्सलवादीले दिए ज्यान मार्ने धम्की

रिता घिसिंग

एजेन्सी : बलिउड नायक विवेक ओबरोय आफ्नो एक ट्विटका कारण अहिले विवादमा तानिएका छन् । उनले आफ्नो ट्विटरमा एक मिम सेयर गरेपछि उनी विवादमा तानिएका हुन् । उनले ऐश्वर्य रायमाथि गरिएको मिमलाई आफ्नो ट्विटरमा सेयर गरेका थिए । विवादमा मुछिएपछि विवेकले माफी समेत माग्नु परेको थियो।

अहिले उनै विवेकलाई नक्सलवादीले ज्यान मार्ने धम्की दिएका छन् । नक्सलवादीले विवेकलाई चलचित्र ‘पीएम नरेन्द्र मोदी’को कारणलाई लिएर ज्यान मार्ने धम्की दिएका हुन् । नरेन्द्र मोदीको जीवनमा आधारित रहेर निर्माण भएको उक्त चलचित्रमा विवेकले मुख्य भूमिका निर्वाह गरेका छन् ।

उक्त धम्कीपछि विवेकलाई मुम्बई पुलिसले सुरक्षा दिइरहेको छ । विवेकलाई बुधबारबाट दुई नीजि सुरक्षाकर्मी प्रदान गरिएको छ । विवेकको घर बाहिर एक पुलिस वाहन पनि राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू