प्रम ओलीद्वारा नतिजा अगावै मोदीलाई बधाई

रिता घिसिंग

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई २०१९ को लोकसभा निर्वाचनमा विजय प्राप्त गर्नुभएकामा  बधाई दिनुभएको छ । उहाँले अपराह्न १२ बजेर ३८ मिनेट जाँदा ट्विट गर्दै बधाई सन्देश दिनुभएको हो । अब पनि सफलता मिल्ने आशा गर्दै आफूले उहाँसंँग निकट रही काम गर्ने इच्छासमेत व्यक्त गर्नुभएको छ । 

कूल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने देखिएको छ ।  मतगणनाको अन्तिम नतिजा अब केही छिनमै आउँदैछ । रासस 

प्रतिक्रिया