१ करोडमा त भ्रष्टाचार भयो १० मा नहोला र ?

admin

काठमाडौं, जेठ १०: केन्द्रीय सरकारले बजेट ल्याउने तयारी गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार बजेट बक्तव्य आउन पाँच दिन मात्रै बाँकी छ । जेठ १५ गते हुने बजेट वक्तव्यमा आ–आफ्नो पक्षमा बजेट बढाउन तछाडमछाड नै चलिरहेको छ ।

कर्मचारीतन्त्रदेखि सांसदसम्म यसकै दौडधुपमा व्यस्त छन् । सांसदहरुले त यसअघि नै बजेट बक्तव्यमा सांसद क्षेत्र विकास कोषको रकम बढाई आफ्नो क्षेत्रमा विकासका कार्यक्रम आफ्नै कोषमार्फत चलाउन पाउनुपर्ने माग राख्दै आइरहेका छन् ।

चालु आर्थिक वर्षमा चार करोड रुपियाँ बजेट आफ्नै कोषमार्फत कार्यक्रम बनाएर चलाइरहेका सांसदहरुले त्यही रकम पनि अपुग भएको भन्दै त्यसमा ६ करोड थपेर १० करोड बजेट आउनुपर्ने अड्डी कसेका छन् । सांसदहरुको यस्तो अभिव्यक्तिलाई सर्वसाधरणले भने बजेट पचाउने मेलो मात्रै भएको भन्दै यो काम तत्काल बन्द गर्नुपर्ने धारणा राखेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् ।

प्रतिक्रिया