देवरको कुटाइबाट आठ महिनाको गर्भ खेर

admin

काठमाडौं, जेठ १०: देवरको कुटाइबाट आठ महिनाको गर्भ खेर गएको छ । ललितपुर लप्सीगौराको सन्तोष थापामगरको कुटपिटका कारण उनको भाउजुको पवित्रा थापामगरको गर्भ खेर गएको हो ।

प्रहरीले भाउजुमाथि कुटपिट गर्ने थापामगरलाई बिहीबार पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ललितपुरका प्रमुख गौतम केसीले देवरको कुटपिटबाट भाउजू पवित्राको गर्भ खेर गएको जानकारी दिनुभयो । कुटपिटका कारण आठ महिनाको गर्भ खेर गएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको उनले बताए ।, नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया