रेडक्रसको पहलमा मृगौला पीडित भुवनलाई आर्थिक सहयोग

admin

चितवन, १० जेठ: चितवन जिल्ला ,कालिका नगरपालिका – ८ गैरीबारीका मृगौला पीडित भुवन बाँस्तोलाको उपचारका लागि बिहीबार मृगौला पीडित भुवनकी बहिनी सरिता बाँस्तोलालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी शक्तिखोर उपशाखाका सभापती दीपककुमार खडकानुसार समाजसेवीहरु प्रल्हाद सापकोटा रत्ननगर रु.१३ हजार १ सय,हिक्मत पुरी भरतपुर रु.५ हजार र कालिका नगरपालिकावासिहरुबाट सङकलित रु.५ हजार गरि जम्मा रु.२५ हजार ३ सय ७५ रुपैयाँ प्रदान गरेको बताए ।

केही दिन अघि मकाउमा रहनु भएका समाजसेवी कृष्णबहादुर अधिकारीबाट सङकलित रु.५० हजार,कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठ रु.५ हजार र कालिका नगरपालिका -९ का वडा सदस्य वकिल पुरीबाट रु.२ हजार गरि कुल रु. ८२ हजार ३ सय ७५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरि सकेको रेडक्रस उपशाखा सभापती खड्काले बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी शक्तिखोर उपशाखाका सभापती दीपकबहादुर खडकाले आर्थिक अवस्था कमजोर भएकोले मृगौला पीडित भुवन बाँस्तोलाको उपचारको लागि सबैले सक्दो सहयोग गर्नु पर्ने जनाए ।

प्रतिक्रिया