अन्तर्राष्ट्रिय कराते सोमबारदेखि

admin

काठमाडौँ, १० जेठ: नेपाल इन्टरनेशनल क्योकुसिन कराते सङ्घको आयोजनामा ‘प्रथम मेयर कप आइकेकेएफ फुल कन्ट्याक्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ सोमबारदेखि शुरु हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तानका करीब दुई सय खेलाडीको सहभागिता रहनेछ ।

आयोजक आइकेकेएफ, नेपालका प्रमुख सल्लाहकार एवम कार्यक्रम संयोजक राम श्रेष्ठका अनुसार प्रतियोगितमा भारतका ६५, बङ्गलादेशका आठ, पाकिस्तानका तीन र अफगानिस्तानका दुई खेलाडीको सहभागिता रहनेछ । थिमिमा सञ्चालन हुने उक्त दुईदिने प्रतियोगितामा पुरुषतर्फ पाँच तथा महिलातर्फ दुई तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक सङ्घका महासचिव प्रेमनाथ श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया