पीडित शिक्षकले सांसदलाई गुहारे

admin

काठमाडौँ, १० जेठ: द्वन्द्वपीडित शिक्षकले पुनःबहालीको माग गर्दै आज सांसदलाई ज्ञापनपत्र बुझाएका छन् । विसं २०५२ देखि २०६३ सम्म सशस्त्र द्वन्द्वका क्रममा विस्थापित शिक्षकले पुनःबहालीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।


पूर्वशान्ति तथा पुनःनिर्माण मन्त्री एवं सांसद सत्य पहाडीलाई ज्ञापनपत्र बुझाउँदै द्वन्द्वपीडित शिक्षकले पुनःबहालीको माग गरेका हुन् । ज्ञापनपत्रमा २०६३ मङ्सिर ५ गते शान्ति सम्झौता हुँदा द्वन्द्वपीडितलाई स–सम्मान पुनःस्थापना गर्ने सहमति भएको भन्दै उनीहरुले आफूलाई पुनःबहाली हुनुपर्ने माग गरेका छन् । विभिन्न नौ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको द्वन्द्वपीडित शिक्षक केन्द्रीय सङ्घर्ष समितिका अध्यक्ष सर्पराज सिंहले जानकारी दिनुभयो ।

विसं २०७३ मा गठित जाँचबुझ समितिले पुनःबहालीका लागि पेश गरेको प्रतिवेदन कार्यान्वयन गरियोस् भन्दै अध्यक्ष सिंहले सांसद पहाडीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । उक्त ज्ञापन पत्रलाई आज नै जरुरी सार्वजनिक महत्वको विषय भन्दै प्रतिनिधिसभामा छलफका लागि दत्र्ता गरिएको सांसद पहाडीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया