अठार अर्बको ट्रेजरी बिल विक्री गरिँदै

admin

काठमाडौँ, १० जेठ : नेपाल राष्ट्र बैंकले रु १८ अर्ब ९५ करोड ३२ लाख बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गरी यही जेठ १३ गते सोमबार बोलकबोल प्रक्रियाबाट टे«जरी बिल विक्री गर्न लागेको जनाएको हो ।

केन्द्रीय बैंकले बजारमा तरलताको व्यवस्थापन गर्न समय ससमयमा ट्रेजरी र रिपो बिक्री गर्दै आएको छ । यही जेठ ६ गतेसमेत बैंकले ट्रेजरी बिल विक्री गरेको थियो । रासस

प्रतिक्रिया