भारतको विशाल भवनमा आगलागीमा मृत्यु हुनेको संख्या २१ पुग्यो

रिता घिसिंग

काठमाडौं : भारतको सुरतस्थित एक विशाल भवनमा शुक्रबार आगो लाग्दा कम्तिमा २१ जनाको जलेर मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । शहरको तक्षशिला कम्प्लेक्समा आगलागी भएको जनाइएको छ।

२० जनाको जलेर मृत्यु भएको हो भने १ जनाको भवनको चौथोतलाबाट हाम फाल्दा ज्यान गएको हो। मृत्यु हुनेमा १८ जना महिला र ३ जना पुरुष रहेका छन्। ज्यान जानेमा १५ वर्षदेखि २२ वर्ष उमेर समुहका रहेका छन्। आगलागीबाट ११ जना गम्भिर घाइते भएका छन्।

आगो लागेको सूचना पाएको आधा घण्टापछिमात्र त्यहाँ दमकल र फायर फाइटर पुगेको जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया