कोइलाडी गाउँपालिका–१ बालविवाहमुक्त वडा घोषणा

रिता घिसिंग

सप्तरी : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । गाउँपालिकाको कार्यालयमा वडा कार्यालयद्वारा आयोजित बालविवाहमुक्त घोषणा सभामा प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बालविवाहले समाजमा परिवर्तन नहुने बताउनुभयो ।

समाज परिर्वनका लागि सामाजमा बालविवाहमुक्त हुनुपर्ने उल्लेख गर्दै उहाँले दाइजो प्रथाले पनि समाजमा बालविवाह बढेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले प्रदेश नं २ मा ‘बेटी बचाउ, बेटी पढाउ’ अन्तर्गत रु एक लाख २५ हजार शैक्षिक बीमाको तयारी भइरहेकाले सामाजिक परिवर्तन भए मात्र सबैको विकास सम्भव हुने बताउनुभयो ।

सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीले आयोजना गरेको बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा वडाध्यक्ष दिनेश्वर मिश्रले ९३० घरधुरी रहेको वडामा चालू आवको अहिलेसम्मको अवधिमा २८ विवाह भएका र त्यसमध्ये चार वटा मात्र बालविवाह भएका जानकारी दिनुभयो । रासस

प्रतिक्रिया