मार्छ भन्ने डरले रातभर श्वास फेर्न पनि डर लाग्यो : कान्छी माया (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा घटेको दर्दनाक घटनाका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। सोमबार दुई परिवारको गरी ९ जनाको निर्ममपुर्वक हत्या गरिएको छ। घटना घटेको दुई परिवार ज्वाई र ससुराको घर रहेको छ।

सोमबार मध्यान्ह राति बमबहादुर फियाकसहित उनकी पत्नी फुर्चीमाया फियाक, माइली छोरी जस्मिता फियाक (शेर्मा), कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम, माइँला ज्वाइँ धनराज शेर्मा, धनराजका छोरी युहाना, मुना शेर्मा र धनराजकै भतिजी इक्सा शेर्माको हत्या भएको थियो भने १४ वर्षीया बालिका भागेर बाच्न सफल भएकी छिन्।

रातको करिब ११ बजेतिर ती नानी अताल्लिदै हतारहतार तल्लो घरसम्म आएको र सरक्षण दिएको कान्छी माया फ्याकले जनाएकी छिन्। २\३ पल्ट बोलाउदासम्म नसुनेको र सुनिसकेपछि ढोका खोल्दा नानी हतास्सिएर घरभित्र छिरेको बताउदै उनले भनिन्, ‘त्यतिखेर ती नानीको हातभरी, जीउभरी रगतै रगत थियो। नानीलाई सोध्दा एकजना मान्छे मुखमा पट्टि बाँधेर मार्न आएको थियो। त्यसकारण मलाई ज्वाइले हत्या गरेको शंका लागेको छ। त्यसरात कतै तल्लो घरमा पनि त्यो हत्यारा आउँछ भन्ने डरले रातभारी सुत्न सकेनौ। श्वास फेर्न समेत् डर लागेको थियो।’

त्यतिबेला बाहिर पानि परिरहेको र कसैसग हारगुहार गर्न पनि नसकेको भन्दै दुख ब्यक्त गरेकी छिन। भोलिपल्ट बिहान करिब ५ बजेतिर बाहिर हेर्दा सुनकान्छी र मनोज फ्याक आएका थिए र कान्छी मायाको घर भित्र नानीले चुहाएको रगत खरानीले छोपिदिएका थिए। त्यसको केहीबेरपछि गाउका सबै मान्छे भेला भएका थिए र नानिसग कुरा गर्न थाले उनि मामा घर आएर बसेकी रहेछन। बुढाबुढीको रिसले गर्दा ९ जनाको हत्या भएको कान्छीमाया बताउछिन। हत्या भएको घरको ज्वाई एक जनाले मात्रै ९ जना मान्छे मारेको होइन यसमा अरु व्यक्तिको पनि संलगनता रहेको उनको आशंका छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू