भारतले पानी छाड्दा डुबानः ९० परिवार नदीले घेरिए

admin

काठमाडौं, जेठ १२ : भारतीय पक्षले पूर्वसूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ । गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ ।

पश्चिमबाट अचानक भँगालो बग्न थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा अवधेशकुमार झाले लेखेका छन् । 

प्रतिक्रिया