मृतककी जेठी छोरी भन्छिन, ‘पिसाब फेर्ने ठाउँ समेत् घोचिएको रहेछ’ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले पहिला देखि नै अभद्र व्यवहार गर्दै आएको र खराब आचरण भएको मृतक बमबहादुर फियाककी छोरी दिलमाया फियांकले बताइन। गत असारमा मङ्गलबारे बजारमा जाड खाउँ भन्दै हात लगाउन खोजेको उनको आरोप छ।

९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुङ ३, आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनाका दिन घरबाट उपचारका लागि विराटनगर जान्छु भनी कपडा बोकेर हिँडेको खबर दिलमायाले सुनेको बताईन। उनले भनिन्, ‘ज्वाईले बहिनीलाई ढाट्ने र अनेक यातना दिने गर्थे। कान्छा ज्वाई मानबहादुर र बहिनीको सम्बन्ध पहिले देखि नै विग्रिएको थियो। जसकारण उनी माइत बस्दै आएकी थिइन। डिभोर्सको पनि कुरा चलिरहेको थियो।’ आफ्नो श्रीमती फकाएर लान नसकेर यस्तो घटना घटाएको हुनसक्छ। 

हत्या ज्वाईले मात्र नभएर अरुको पनि संलग्न ता रहेको हुन्सक्ने उनको भनाई छ। उनी भन्छिन, ‘त्यति धेरै जनालाई एक्लैले मार्न सक्दैन। एउटा चल्ला मार्न त मान्छेलाई कति गाह्रो हुन्छ एक्लैको हात हो भन्न सकिदैन।’ उनी दशैँमा मात्र माइत आएकी थिइन जुन उनको माइतीसँगको आन्तिम भेट बन्यो।’ सोमबार राति सामूहिक हत्या भएपछि दिलमाया लगायत सिंगो गाउँ नै त्रासमा बाँचेका छन् ।

बाँकी हेर्नुहोस् भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू