काठमाण्डौको सुकेधारामा ग्यास सिलिण्डर विस्फोट : २ जनाको ज्यान गयो

admin

काठमाण्डौ, जेठ १२ : काठमाण्डौको सुकेधारामा ग्यासको सिलिण्डर विस्फोट हुँदा दुई जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसरका सूचना अधिकारी श्यामलाल ज्ञवालीका अनुसार विस्फोटमा परि ज्यान गुमाउनेको पहिचान खुलेको छैन ।

विस्फोटमा परि केही व्यक्ति घाइते भएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । अहिले घटनास्थलमा उद्धारको काम भैरहेको छ । घाइतेलाई टिचिङ अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया