राजधानीको सुकेधारा र अनामनगरमा विस्फोट : तीनको मृत्यु

admin

काठमाण्डौ, जेठ १२ : राजधानीको अनामनगर र सुकेधारामा सिलिन्डर ग्यास विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ। आइतबार दिउँसो भएको विस्फोटमा अनामनगरमा एक र सुकेधारामा दुई जनाको मृत्यु भएको हो।

सुकेधारा विस्फोटमा अन्य चारजना घाइते भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिए। प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ। मृतकको सनाखत हुन सकेको छैन। प्रसाईंका अनुसार अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ।

अनामनगरमा भएको विष्फोटमा एक जनाको मृत्यु भएको सिंहदरवार वृत्तका डीएसपी काजीकुमार आचार्यले जानकारी दिए। विस्फोटको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया