डुङ्गा दुर्घटनामा करिब २०० जना वेपत्ता

admin

किन्शासा, १२ जेठ: प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को पश्चिमी क्षेत्रमा शनिबार राति एक डुङ्गा डुब्दा यसमा यात्रारत करिब २०० जना वेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।

आइतबार स्थानीय एक अधिकारीले दिएको विवरण अनुसार घटनामा दर्जनौ नागरिकलाई सकुशल उद्धार गरिएको थियो भने यात्रुहरूको ठूलो सङ्ख्या सम्पर्कबाहिर रहेको बताइएको छ । कङ्गो सरकारको तर्फबाट घटना र घटनामा ज्यान गुमाएका र वेपत्ता भएका पीडितबारे औपचारिक पुष्टि भने भैनसकेको बताइएको छ ।

घटनास्थल नजिकै रहेको नौसेनाको एक स्रोतले दिएको जानकारी अनुसार अत्यधिक बढी यात्रु लिएर हिँडेको डुङ्गामा भारबहन क्षमताभन्दा बढी यात्रु राखिएकोले दुर्घटना भएको हो । डुङ्गामा लाइफ ज्याकेट नहुनुले धेरै क्षति हुनपुगेकोे नौसैनिक स्रोतको दावी रहेको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित समाचारहरू