करण मात्र आत्मीय साथी हो : फेशन डिजाइनर प्रबल गुरुङ

रिता घिसिंग

एजेन्सी : फेशन डिजाइनर प्रबल गुरुङले करण जोहरलाई जन्मदिनको शुभकामना दिएपछि यी दुईले डेट गरिरहेको हल्ला फैलिएको छ । करण जोहर यही मे २५ मा ४७ वर्षका पुगे । यही अवसरमा प्रबलले करण जोहरलाई जन्मदिनको शुभकामना दिएका थिए जसले धेरैको ध्यान तानेको छ ।

प्रबलले करणको जन्मदिनमा आफूहरु दुई जनाको फोटो शेयर गरे । उनले फोटोमा क्याप्सन लेखे ‘प्यार किया तो डरना क्या’ (प्रेम गरेपछि किन डराउनु) । उनले ट्वीटरमा यस्तो लेख्नासाथ यी दुईले डेटिङ गरिरहेको हल्ला चल्यो । यद्यपि त्यसपछि प्रबलले अर्को ट्वीट गर्दै आफूहरुले टेड गरिरहेको हल्ला सत्य नभएको बरु आफूले करणलाई निकै आत्मीय साथी मानेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू