डाक्टरले जानीजानी मृगौला फेल गराइदिए : निराजन भुषाल (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : कपिलवस्तु बाणगंगा नगरपालिका वडा न २ का निराजन भुषालको किड्नी डाक्टरको लापरवाहीका कारण फेल भएको आरोप लगाएका छन्। उनले १२ बर्ष अघि किड्नी प्रत्यारोपण गरेका थिए। अहिले उनि फलोअपको लागि हस्पिटल धाई रहनुपर्छ। आफ्नो यस्तो हालतको दोषी टिचिंग हस्पिटलका डाक्टर रहेको खुलासा गरेका छन्।

उनि बि.स. २०६१ चैत तिर माओबादी निकट थिए। सोहि समयमा शसस्त्र प्रहरीहरुले शारीरिक र मानसिक रुपमा यातना दिएका थिए। प्रहरीले उनको ढाड, टाउको र पेटमा बन्दुकको पछाडीको नालले हानेका थिए। सोहि यातनाकै कारण केहि समय पछि उनको पेट दुख्ने समस्या देखा पर्न थाल्यो।

टिचिंग हस्पिटलमा चेकजांच गराउदा डाक्टरले पथरी भएको भन्दै अप्रेशन गर्नुपर्छ भनेका थिए। हस्पिटलमा अप्रेशन गर्ने पालो २०६२ पुसमा आउछ पेन किलर खान सुझाब दिएका थिए। उनले पेन किलरको साइड इफेक्ट त हुदैन भनि सोध्दा डाक्टरले ‘उसो भए म प्राइभेट हस्पिटल मेडिकेयरमा आउनु एक हप्ता भित्र अप्रेशन गराउछु। ‘ भनेका थिए।

डाक्टरले अप्रेशन पश्चात निकालेको पथरी उनलाई देखाएन। वास्तबमा उनलाई पथरी भएको नै रहेनछ। अप्रेशन गरेको १ महिनापछि फेरी पेट दुख्ने समस्या देखा पर्यो। चेकअप गर्दा किड्नी खराब भएको खुलासा भयो।

डाक्टरको लापरवाहीका कारण आफ्नो दुवै किड्नी बिग्रेपछि उनले भारतमा गएर किड्नी प्रत्यारोपण गरेका थिए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू