चिनियाँ भूभागमा दुईको मृत्यु

admin

रसुवा, १४ जेठ : रसुवागढी नाका हुँदै चीनको मानसरोवर यात्रामा गएका एक भारतीय तीर्थयात्रुको लेक लागेर चिनियाँ भूभागमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष श्रेष्ठका अनुसार लेक लागेर मृत्यु हुनेमा भारतीय नागरिक ५९ वर्षका सुन्दरापन्डियन पन्नाय रहेका छन् ।

फाइल तस्बिर

यही जेठ १२ गते चिनियाँ भूभागमा मृत्यु भएको र रसुवागढी नाकाबाट नेपाल भित्र्याइएपछि शव परीक्षणका लागि स्थलमार्ग हुँदै काठमाडौँ पठाइएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी चिनियाँ मोहडाबाट सगरमाथा आरोहण गर्न गएका एक आयरल्याण्डका नागरिकको निधन भएको छ । मृत्यु हुनेमा वर्ष ५६ का केभिन्ज ¥याड रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ¥याड सगरमाथा आरोहणका लागि हवाई मार्गमार्फत चीनको ल्हासा हुँदै गएका हुन् । निधनपछि केरूङ हुँदै रसुवागढीबाट शव नेपाल भित्र्याइएको बताइएको छ । मृत्युको कारण खुल्न नसकेको र शव परीक्षणका लागि कैलाश एयरको हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया