आरोपी माखिमका भाइ भन्छन “मेरो सोझो दाइले कसरी नौ जनाको हत्या गर्न सक्छ ?”

रिता घिसिंग

पिएनपिखबर : पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे हत्याकाण्डमा संलग्न भनिएका मान बहादुर माखिम जाँडरक्सि नखाने सोझो भएका कारण उनले ९ जना हत्या गर्न नसक्ने उनका भाइ चन्द्र लिम्बु माखिमले दाबी गरेका छन्। अरुले मारेर दाइलाइ झुण्डएको पनि हुनसक्ने उनले बताए।

भाउजु सधै जसो माइतीमै बस्थे। दाइले पटक पटक लिन जाँदा पनि भाउजु घर आउन मान्दैनथ्यो। त्यसदिन देखि दाइ प्राय जसो एक्लै बस्ने, कम बोल्ने र खाना खाने बेला समेत परिवारसंगै नबस्ने हुदा दाईको भित्रि कुरा थाहा पाउन नसकेको उनका भाइले बताए।

घटना घटेको एकदिन अघि दाइ बिराटनगर औषधि लिन जान्छु भन्दै गएका थिए। भोलिपल्ट साथी मार्फत घटनाबारे जानकारी पाएको उनले बताए। दाई आफ्नै धुनमा काम गर्ने खासै अरुसंग घुलमिल नहुने र परिवारमा पनि आफ्नो समस्याबारे खुलेर नबताएका कारण घटना सम्बन्धि आफुलाई केहि थाहा नभएको माखिमका परिवार बताए।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू