रक गायिका सरस्वतीले खुलाईन १ करोड ६ लाखको होसै उड्ने रहस्य…..[भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, १५ जेठ : रक गायिका सरस्वती लामा र उनका पूर्व पति धन बहादुर लामा बिचको १ करोड छ लाख काण्डले अहिले सामाजिक संजाल तातिएको छ। सामाजिक संजाल फेशबुक र युट्य़ूबमा अहिले जता ततै सरस्वती र उनको पुर्व पति बिचको कुराले ठाउँ ओगटिरहेको छ । गायन क्षेत्रमा व्यस्ताताको बाबजुत पनि चलचित्र निर्माणमा समय दिइरहेकि सरस्वति अहिले आफुमाथि झुटो आरोप लागेको र आफ्नो चरित्र माथि नै औला उठ्ने काम भइरहेकोले यो कुराले आफ्नो शुभचिन्तकहरुको मनमा भ्रम नपरोस भन्ने हेतुले सफाई दिदै आइरहेकी छिन ।

आफ्नो पुर्व पतिले पैसा ठग्नका लागि आफु माथि बेकारको झुटो आरोप लगाएको एक अनलाइन मिडियासँग गरेको कुराकानीमा सरस्वति लामा “भुजेल”ले बताएकी छिन । उनको पूर्व पति सँग उनको सम्बन्ध ६ बर्ष अघि नै मौखिक रुपमा टुटि सकेको तर लिखित रुपमा सम्बन्ध बिच्छेद नभएकोले सायद अहिले आएर आफ्नो खुशी र सफलता देखेर बिना प्रमाणको आरोप लगाएर पैसा कमाउने सोच बनाएको उनले उल्टै आरोप लगाएकि छिन। सरस्वतीलाई उनका पुर्वपतिले बच्चाको लोभ देखाएर बिना स्वीकृति उपचारको बाहानाले बच्चा नपाउने बनाईदिएको र पछि आएर सोहि कुराले उनलाई हेप्ने, यातना दिने गरेको जसको कारण उनीहरु बीच सम्बन्ध टाढीएको समेत सरस्वतीले प्रस्ट परेकी छिन।
बाँकी हेर्नुहोस भिडीयोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू