रुखले च्यापेर १६ बर्षिय छोराको खुट्टा काट्नु पर्यो, ऋण गरि ल्याएको पैसा सकियो अब छोरालाई कसरी बचाउने : नरबहादुर नकाल (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका १० निबासी नरबहादुर नकाल छोरा मन बहादुर नकालको रुखले च्यापिएर काटेको खुट्टाको फेरी अप्रेसन गर्नु पर्ने भएको छ। १६ बर्षिय मन बहादुर स्कुल जाने समयमा रुखको मुडाले च्यापेर खुट्टा काट्नु परेको हो। उनलाई बिराटनगरमा उपचार सम्भब नभए पछि काठमाडौँमा ल्याएको हो।

६ दिन भइसक्यो मन बहादुर अझै आइसियुमा नै छ। अहिले उनको स्वास्थ्य स्थिति नाजुक रहेको डाक्टरले बताएका छन्। पहिला डाक्टरले अलिकति भए नि केहि भाग जोगाऊ भन्ने हिसाबले अलिकति काटेका थिए। तर अहिले फेरी केहि भाग काट्नु पर्ने भएको भन्दै फेरी अप्रेशन गर्नु पर्ने बताएका छन्। ऋण गरि ल्याएको ४ लाख बढी पैसा सकेपछि नरबहादुरलाई अब फेरी अप्रेशन गर्ने पैसा कसरी जम्मा गर्ने भन्ने कुराले पिरोलिएको छ।

ज्याला मजदुरी गरि जीवन गुजारा गरिरहेका नरबहादुरले आफ्नो एक्लो छोराको ज्यान बचाई दिनुहुन मनकारी दर्शकहरुलाई अनुरोध गरेका छन्।

तपाईहरुको सानो सहयोगले १६ बर्षिय मनबहादुरको जीवन बचाउन सकिन्छ। त्यसैले उनको उपचारको लागि सक्दो सहयोग गरिदिनु हुन हामी पिएनपिखबर परिवार विनम्र अनुरोध गर्दछौ। साथै सहयोग गर्न चाहनुहुने महानुभावहरुले मोबाइल नम्बर :९८४८१६४५४९ सम्पर्क गर्न सक्नु हुनेछ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू