सुनचाँदीको भाउ घट्यो

रिता घिसिंग

काठमाडौं : आज बुधबार सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन तोलामा सय रुपैयाँले घटेर ५९ हजार ५ सयमा कारोबार भइरहेको छ भने चाँदीको भाउ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

फाइल फोटो

त्यस्तै तेजावी सुन तोलाको ५९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर सात सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया