८ हजार भन्दा बढी गीतमा सारंगी बजाईसकेका हेमन्त कान्छा रसाइली (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : चर्चित गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले ८ हजार भन्दा बढी गीतमा सारङ्गी बजाईसकेका छन्। उनले केहि दिन अघि बालापन गित सार्वजनिक गरेका छन्। अहिले हेमन्तको उक्त गीतले चर्चा बटुलिरहेको छ । बालापनमा गायक स्वयमः को शब्द तथा संगीत समावेश गरिएको छ ।

बालापनमा उनले बिशेष गरि आफ्नै बाल्यकालका घटनालाई समाबेश गरिएको छ। उनका गीतहरुलाई दर्शकहरुले पनि अत्यन्तै मन पराइरहेका छन्।

लोकसंगीत क्षेत्रमा लगभग डेढ दशक उच्च उर्जाशिल समय खर्चिएर सोही क्षेत्रमा सक्रियता प्रदर्शन गर्दै आफ्नो प्रतिभाको अडानलाई पारदर्शी बाटो दिदै निरन्तर अगाडि बढेका हेमन्तले दर्शकहरुको माया र साथ पनि पाईरहेका छन्।

संगीतमै आफ्नो पहिचान बनाउदै आएका रसाइलीले दर्जनौं गितहरु सृजना गरेका छन्। साथै उनले हजारौ गीतमा सारङ्गी बजाईसकेका छन्। जस मध्ये चलचित्र प्रसादको गीत लैलै पनि एक हुन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू