रसुवा : रसुवा केरुङ नाका हुँदै मानसरोवर कैलाश दर्शन गरी फर्कने क्रममा हुम्लाको हिल्सा नाकामा भारत तामिलनाडुका ६३ वर्षीय रपुनाथ भेलुको लेक लागेर निधन भएको छ । निजको शव हुम्ला सदरमुकामस्थित सिमकोट अस्पतालमा राखिएको छ । उनकी श्रीमती पनि साथमा छिन् ।
ढिला गरी प्राप्त समाचारअनुसार उनको सोमबार राति निधन भएको जनाइएको छ । उनको दाहसंस्कार खार्पुनाथ दोभानमा गरिने प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले बताउनुभयो ।रासस