आखिर किन सरस्वतीको श्रीमानलाई पिटरले तिरे ४ लाख ? (भिडियो)

मनिषा थापा

पिएनपिखबर : गायिका सरस्वती लामाविरुद्ध उनका पति धनबहादुर लामाले एक करोड ६ लाख ठगी गरेको उजुरी दिएका छन्। उनले उजुरी दिएपछि सरस्वती लामामाथि सामाजिक संजालमा निकै आलोचना भईरहेको छ। लामाले आफूले वैदेशिक रोजगारीका क्रममा कमाएको रकम र जायजेथा लिएर सरस्वती फरार रहेको उजुरी यसै महिना प्रहरीमा दर्ता गराएका हुन् ।

उनले उजुरी पश्क्ष्यात सरस्वती लामाले पिटरसँग बिहे गरेको र ६ लाख मिलेर खाएको आरोप लगाउँदै आएका छन् । फिल्म निर्देशक पिटर खालिङ्गले भने उनको श्रीमानले लगाएको आरोप झुट रहेको बताएका छन्।

उनले भने, ‘हाम्रो भेट भएको मात्रै ५ महिना भएको छ। यति छोटो अवधिमा विवाह नै भएको आरोप लगाउनु गलत हो। उनी र म एक मित्र मात्रै हौ।’ उनले थपे, ‘उनीहरुको सम्बन्ध विग्रिनमा दुवैको दोष देखिन्छ। एकअर्काबीच समझदारी रहेर, बुझेर सम्बन्ध अघि लानु पर्थ्यो। म पैसा खाएर भागेको भए उसले जहाँ जहाँ बोलाए त्यतै जाने थिईन।’

धनराजले उनलाई ४ लाखको क्षतिपूर्ति तिराएको कुरा बोल्दै उनले भने, ‘मलाई धनराजले दुबईमा हुँदा मेरो बुढी लगेको भन्दै पटक-पटक नेता लगाएर समेत् थर्काए र मैले अश्लिल शब्द बोलेको कारण साइबर क्राइमको आरोप लाग्यो जसकारण मैले तिरेको हो। सम्बन्ध भएको कारण डरले तिरेको हैन।’

 हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू