ज्ञानेन्द्र शाही सुर्खेतमा पक्राउ, प्रहरीद्वारा निर्मम कुटपिट भयो : डा. सुरेन्द्र भण्डारी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पत्रकारलाई गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरीले राजनीतिज्ञ विश्लेषक ज्ञानेन्द्र शाहीलाई बुधबार पक्राउ गरेको छ । सुर्खेतमा आयोजित ‘नेपालको लागि नेपाली’ अभियानको कार्यक्रम चलिरहेको बेलामा गिरफ्तार गरिएको हो।

सामाजिक सञ्जाल फेसबुकमार्फत गएको वैशाख १८ कर्णाली प्रदेशका सबै पत्रकारहरु चोर, कुकुर हुन भनी उनीहरूको इज्जतमा खलल पुराइएको आरोपमा उनीविरुद्ध मुद्दा जाएर भएको छ। सरकार देखि सार्वजनिक समस्याको बारेमा अभिव्यक्ति दिदैमा प्रहरीले शाहीलाई पक्रेर लान नमिल्ने डा. सुरेन्द्र भण्डारीको तर्क छ। नागरिक आन्दोलनलाई बढ्न नदिन सुनियोजित ढंगले गिरफ्तार गरिएको उनको भनाई छ।

डा. सुरेन्द्र भण्डारीले शाहीलाई कार्यक्रमको बीचमै प्रहरीले लछारपछार गरी लागिएको र लाठी चार्ज पनि भएको बताए। उनको टाउको छातिमा चोट लाग्नुको साथै शर्टसमेत् च्यातिएको भन्दै भण्डारीले दुख व्यक्त गरे। उनलाई साइवर क्राइमको मुद्दा लागेको र अदालतबाट पक्राउ आदेश जारी भएका उनको भनाई छ। सुर्खेतबाट उनलाई राजधानी ल्याईदै गरेको उनले बताए।

उनले व्यक्तिगत कसैलाई गाली नगरेको र उनी निडर साहसी देशलाई माया गर्ने व्यक्ति रहेको भण्डारीको टिप्पणी छ। ज्ञानेन्द्र शाही सहित अन्य अभियन्तालाई पक्राउ गरेको, भ्रष्टाचार र धुर्मुस सुन्तली फाउन्डेसनमाथि आक्रमण भएको र पशुपतिनाथको जग्गामा चर्च बनाइएको लगायत विरुद्धमा जेठ १८ गते माइतीघर मण्डलामा साढे १ कार्यक्रम रहेकोकारण सबै जनतालाई एकबद्दता जनाउन भण्डारीले पिएनपिमिडियामार्फत आमन्त्रण गरेका छन्।

आफ्नो अभिव्यक्ति पनि दिंदा पनि पक्रीनु भनेको देश निरकुंशता र दमनतर्फ गईरहको उनले बताए। उनले ज्ञानेन्द्र शाही र अन्य अभियन्तालाई रिहाई नगरेमा कानुनी प्रक्रियाबाट जाने उनको भनाई छ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू