विना पुर्जी पक्राउ गरिएको ज्ञानेन्द्र शाहीलाई खुट्टाको नङ निस्किने गरी यातना, स्वास्थ्य अवस्था नाजुक (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाही माथि प्रहरीले दिएको यातनाको चौतर्फी आलोचना भईरहेको छ । विना पुर्जी पक्राउ गरेर लछारपछार गरेर लागि निर्ममता पुर्वक कुटेको देख्दा सरकारकै निर्देशनमा कारवाही भएको डा. सुरेन्द्र भण्डारीको अनुमान छ। 

उनले सरकार भ्रष्टचारमा लिप्त भएको भन्दै भने, ‘उनलाई पक्राउ गरी यातना दिएको हेर्दा सरकारले भ्रष्टचारको संरक्षण गरेको देखिन्छ। जुन प्रहरीले यस्तो हर्कत गरे सरकारले कडाभन्दा कडा कारवाही गर्नुपर्नेछ नगरे हामी सरकारविरुद्ध उठ्नेछौ।’

प्राप्त जानकारी आनुसार, शाहीलाई प्रहरी चौकीमा हात बाँधेर २० मिनेटसम्म लौराले कुटेर शरीर भरी निल डाम बनाइनु र हत्यारालाई जसरी हत्कडी लगाएर खान, पिसाव फेर्न समेत नदीई सुर्खेत देखि काठमाडौँसम्म सार्वजनिकबसमा लाइएको हो। उनको हाल राजधानीको ट्रमा सेन्टरमा उपचार भईरहेको छ। उनको ठाउँको, हात, खुट्टा र ढाडमा पटक-पटक लाटीचार्ज भएको कारण चोटपटक धेरै लागेको छ।

सुर्खेतमै उपचार नगराई सार्वजनिक बसमा १८ घण्टा यात्रा पछि राजधानी ल्याउनुमा प्रहरीले हत्या गर्ने योजना नै रहेको एक अभियन्ताको आरोप छ।

सुर्खेतमा आयोजित ‘नेपालको लागि नेपाली’ अभियानको कार्यक्रम चलिरहेको बेलामा गिरफ्तार गरिएको हो। बुधबार उनी लगायत नौ जना अभियान्तालाई प्रहरीले पक्राउ गरेको थियो। ज्ञानेन्द्र शाही सहित अन्य अभियन्तालाई पक्राउ गरेको, भ्रष्टाचार र धुर्मुस सुन्तली फाउन्डेसनमाथि आक्रमण भएको र पशुपतिनाथको जग्गामा चर्च बनाइएको लगायत विरुद्धमा जेठ १८ गते माइतीघर मण्डलामा साढे १ कार्यक्रम रहेकोकारण सबै जनतालाई एकबद्दता जनाउन भण्डारीले पिएनपिमिडियामार्फत आमन्त्रण गरेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया