प्रहरीको चरम यातनाले ज्ञानेन्द्र शाही सिकिस्त, ट्रमा सेन्टरमा पुग्दा बोल्नै सकेनन् (भिडियो)

मनिषा थापा

पिएनपिखबर : प्रहरीको चरम यातनाको कारण भ्रष्टचार विरुद्ध लागेका अभियान्ता ज्ञानेन्द्र शाहीको स्वास्थ्य अवस्था विग्रिएको छ। उनको हाल ट्रमा सेन्टरमा उपचार भईरहेको छ।

बाहिरबाट चोट नदेखिए पनि भित्रि चोट गम्भीर रहेको एक अधिकारकर्मीले बताए। कानुनभन्दा माथि गएर एक व्यक्तमाथि आईसीयुमै भर्ना हुने गरी कुट्नु भनेको मानवअधिकार हनन गर्नु र लोकतन्त्र नामको मात्र रहेको उनले गुनासो गरेका छन्।

शाहीलाई प्रहरी चौकीमा हात बाँधेर २० मिनेटसम्म लौराले कुटेर शरीर भरी निल डाम बनाइनु र हत्यारालाई जसरी हत्कडी लगाएर खान, पिसाव फेर्न समेत नदीई सुर्खेत देखि काठमाडौँसम्म सार्वजनिक बसमा लाइएको हो।

उनको ठाउँको, हात, खुट्टा र ढाडमा पटक-पटक लाटीचार्ज भएको कारण चोटपटक धेरै लागेको छ।सुर्खेतमै उपचार नगराई सार्वजनिक बसमा १८ घण्टा यात्रा पछि राजधानी ल्याउनुमा प्रहरीले हत्या गर्ने योजना नै रहेको एक अभियन्ताको आरोप छ।

बाँकी हेर्नुहोस भिडीयोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू