आमिर खानसंग भेट्न नपाएपछि एक युवकले उनकै अफिस अगाडी पीए बिष

रिता घिसिंग

पिएनपिखबर : बलिउड अभिनेता आमिर खानलाई भेट्न सुरक्षाकर्मीले अनुमति नदिएपछि उनकै अफिस अगाडी मंगलबार एक ३३ बर्षिय युवकले आत्महत्याको कोसिस गरेका छन्। उनि कर्णाटकका मोहम्मद कासिम हुन्।

आमिरको सुरक्षाकर्मीले उनलाई प्रहरी कहाँ जिम्मा लगाएको छ। प्रहरीका अनुसार कासिम धेरै दिन देखि आमिरलाई भेट्न खोजिरहेका थिए। उनि आमिरसंग एनजीओ पानी फाउंडेशनको बिषयमा बोल्न खोजिरहेका थिए। यस फाउंडेशनले महाराष्ट्रको सुख्खाग्रस्त इलाकामा रोजगार र पानीको समस्या हटाउने काम गर्छ। कासिम आमिरलाई भेट्न मुम्बईको अफिसमा पुगेका थिए। तर सुरक्षाकर्मीले उनलाई भेट्न अनुमति दिएन। त्यसपछि उनले खल्तीबाट बिष निकालेर पिए।

सुरक्षाकर्मीले उनलाई तुरुन्त अस्पताल पुर्याएर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले एक बोत्तल बरामद गरेका छन् जसमा पहलवान लेखेका थिए। डाक्टरका अनुसार उनलाई बिषले केहि असर गरेको छैन। पटक पटक आमिरलाई भेट्न जादा अनुमति नदिएपछि फ्रस्टेट भएर उनले यस्तो हर्कत गरेको प्रहरीले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू