प्रहरीकै कमजोरीका कारण घट्यो पाँचथरकाण्ड भन्दै स्थानीयबासी मिडियामा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पाँचथरको घटना घट्नुमा प्रहरी प्रशासनिक कमजोरी पनि देखिएको एक आरुबोटेका स्थानीयले जनाए। यस घटनापुर्ब पनि ज्यानलिने प्रयास हुँदा समेत् प्रहरीले व्यवास्ता गरेको उनको आरोप छ। हत्याका आरोपी मानबहादुर माखिमले सिसा हालेर ज्यान मार्ने अपराधिक घटनाको उजुरी हुँदा समेत् प्रहरी प्रशासनले घटनाको छानविन नगरेको उनले भनाई छ।

उनले भने, ‘सिसा मिसाएकोबेला माखिमलाई पक्राउ गर्नुको साट्टो उल्टो पारिबारिक कलह आपसी समजदारीमा मिलाउनुस भने। यदी प्रहरीले त्यतिबेला नै गम्भीररुपमा लिएको भएको यो घटना घट्दैन थियो।’ उनले आरुबोटेमा प्रहरी चौकीको व्यवस्था भएमा यस्तो घटना नहुने बताएका छन्। उनले त्यहाँको जनता निकै त्रसित रहेको कारण शान्ति सुरक्षाको खाँचो रहेको बताएका छन्।

ज्येष्ट ६ गते सोमबार मध्यरातमा दुई परिवारको घरभित्र पसेर ९ जनाको शृंखलाबद्द हत्या भयो। जसमा बमबहादुर फियाकसहित उनकी पत्नी फुर्चीमाया फियाक, माइली छोरी जस्मिता फियाक (शेर्मा), कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम, माइँला ज्वाइँ धनराज शेर्मा, धनराजका छोरी युहाना, मुना शेर्मा र धनराजकै भतिजी इक्सा शेर्माको हत्या भएको थियो

बाँकी हेर्नुहोस भिडियोमा….

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू