पाँचथरकाण्ड : आशंका गरिएका साँइला ज्वाई बारे खुल्यो यस्तो रहस्य (भिडियो)

मनिषा थापा

पिएनपिखबर : मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका बासिन्दाको अनुहारमा मलिन्ता छाहेको छ। दुई परिवारका नौ जनाको हत्या भएको घटनाले निकै त्रसित छन् त्यहाँका बासी।

गत जेठ ६ गते मध्यरातमा दुई परिवारको घरभित्र पसेर ९ जनाको शृंखलाबद्द हत्या भयो। जसमा बमबहादुर फियाकसहित उनकी पत्नी फुर्चीमाया फियाक, माइली छोरी जस्मिता फियाक (शेर्मा), कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम, माइँला ज्वाइँ धनराज शेर्मा, धनराजका छोरी युहाना, मुना शेर्मा र धनराजकै भतिजी इक्सा शेर्माको हत्या भएको थियो। घरबाट भागेकी दिदी सीता खजुमको दमकमा उपचार हुँदैछ। भाग्ने क्रममा उनी घाइते भएकी हुन्।

बमबहादुरको साइली छोरी बुद्धमाया फियाकले हत्या गर्ने व्यक्ति मान बहादुर माखिम नै रहेको बताएकी छिन्। उनले ज्वाईसँगहरु पनि मिलेर हत्या गरेको उनको आरोप छ। घटना पछि निकै त्रसित रहेको उनले बताईन। उनले शंका कान्छा ज्वाईमा मात्रै रहेको र श्रीमानको कुनै दोष नरहेको उल्लेख गरेकी छिन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू