गणतन्त्र दिवसमा राजतन्त्रको नारा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : गणतन्त्रको विरोध गर्दै शाही युवा शक्ति नेपालले राजसंस्था पूर्णस्थापना गर्न आवश्यक रहेको भन्दै बुधबार कार्यक्रम आयोजना गरेको थियो।

शान्ती वाटिकामा ओयोजित सभालाई सम्बोधन गर्दै राजसंस्थाका पक्षधर शाही युवा शक्ति नेपाल लगायत विभिन्न संगठनले गणतन्त्र विरोधी नारावाजी गरेका थिए। उनीहरुले गणतन्त्र दिवसको दिनलाई कालो दिवसको रुपका मान्ने गरेका छन्।

अहिलेको सरकारले कुनै पनि प्रगति नगरेको उनीहरुको आरोप छ। कार्यक्रममा सहभागी दिर्ग राज प्रसाईले अहिलेको सरकारले हिन्दु राज्य टुक्राईदिए भन्दै आक्रोश पोखेका थिए। उनले भने, ‘नेपाल हिन्दु राज्य हो जुन नेपाल एकीकरणसँग जोडिएको छ। वर्तमान सरकारले देश टुक्रायो।’ बाँकी हेर्नुहोस भिडियोमा…..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू