रंगशाला भत्काएको देख्दा धुर्मुसको थामिएन आँसु (भिडियो)

मनिषा थापा

पिएनपिखबर : धुर्मुस सुन्तलीले निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला स्थानियले डोजर लगाएर भत्काएपछि धुर्मुसले निकै दुखित हुदै प्रस्तुत भएका छन्।

आफुले देख्दा देख्दै पनि केही गर्न नसकेको बताएका छन् । यी रसाएका आँखाको मात्र हैन, परदेशमा रगत बगाउने लाखौँ जनताको पसिना हो । डोजरले जस्तापाताको बार हैन हामी नेपालीको मन भत्काउन लगाईएको धुर्मुसले बताए। बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले बार भत्काइदिएका थिए।

धुर्मस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको कर्मचारीहरुलाई समय समयमा डर र धम्कीसमेत आउने गरेको धुर्मुसले भिडियोमा मार्फत खुलासा गरेका छन्। रंगसालाको झण्डै एक किलोमिटर जति लामो बार भत्काइएको थियो।

धुर्मसले रुँदै भने, ‘उनले योभन्दा कारुणिक दुख मैले जीवनमा देखेको छैन होला। हामीले जग्गा पनि केहि छाडेर काम गर्ने भनिरहेका थियौ। यस अघि पनि धेरैपटक त्यहाँका कर्मचारीलाई धम्काईरहने कार्य हुन्थ्यो। यस सानोतिनो कुरालाई बाहिर ल्याउन नखोज्दा आज यसरी भत्काइयो।’

रंगशालाको बार भत्काउने काम स्थानीयले गर्दा धुर्मुस सुन्तली फाउन्डेसनले गरि रहेको काममा बाधा परेको छ। आफुले रात दिन नभनी देशका लागि काम गरिरहदा सहयोगको साटो यसरि दुख दिने काम हुनु भनेको दुखदायी भएको भन्दै दुख व्यक्त गरेका छन्। देशका लागि काम गर्नु पर्छ भन्ने भावाना विरलै पाएको भन्दै गुनासो पोखेका छन्। डोजर लगाएर भत्काउन लगाउने प्रकाश कंडेललाई प्रहरीले हिरासतमा लिएको छ।

हेर्नुहोस भिडीयो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू