डिएसपी आफैंले त सकारको बिरोध गर्ने भन्दै शाहीलाई निर्घात कुटे : बालकृष्ण न्यौपाने (भिडियो)

मनिषा थापा

पिएनपिखबर : उद्दश्यमुलक सुर्खेतमा घटना घटाईएको बालकृष्ण न्यौपानेले बताएका छन्। यस कार्यले सरकार संस्थागत भ्रष्टचारलाई उद्दत गर्न अघि सरेको देखिएको उनको आरोप छ। भ्रष्टचार विरुद्ध काम नगर भनेर पक्रिनु अघि शाहीलाई धम्की दिएको न्युपानेले खुलाएका छन्।

उनले भने, ‘डिएसपी आफैंले त सकारको बिरोध गर्ने, दुई तिहाई सरकारको बारे बोल्ने भन्दै निर्घात कुटे। सरकारले भ्रष्टचार विरोधमा बोल्ने सबैलाई दमन गर्न सक्छ त्यसकारण हामी एक जुट भएर लाग्नु जरुरी छ।’

ज्ञानेन्द्र शाहीले नेपलका लागि नेपाली अभियानमार्फत भ्रष्टचार विरुद्ध कार्यक्रम गरिरहँदा उनलाई सुर्खेतबाट प्रहरीले पक्राउ गरी निर्घात कुटेको थियो। प्रशासनको याताना पछि घाइते भएका शाहीको हाल राजधानीको वीर अस्पतलाको ट्रमामा उपचार भईरहेको छ। उनीमाथि अमानवीय व्यवहार भएको भन्दै जनस्तरबाट चौतर्फी व्यापक विरोध भईरहेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू