पिएनपिखबर : बेगूसरायको नेशनल हाईवे-२८ मा ईयरफोन लगाएर मोटरसाइकल चलाईरहेका राजाराम पंडित नामक युवक ट्रकसंग ठक्कर खान्छ। सडकमा लडेपछि उनलाई ट्रकले किच्छ । उनको एउटा खुट्टा नै चुडिन्छ । त्यसपछि उनले आफ्नो पत्नीलाई भिडियो कल गरेर आफ्नो स्थिति देखाई अन्तिम श्वास फेर्छ।
प्रत्यक्षदर्शीका अनुसार युवकले ईयरफोन लगाएको थियो। त्यसैले उनले ट्रकको आवाज सुनेनन्। दुर्घटनापछि उनले आफ्नी पत्नीलाई भिडियो कल गरि बेहोस भएका थिए। बेहोसी हालतमा प्रहरीले उनलाई बेगूसरायका एक हस्पिटल पुर्याएका थिए। तर उनलाई बचाउन भने सकेन।
राजा राम आफ्नो सालाको श्राद्धमा सहभागी हुन् ससुराली गएका थिए। उनको बिबाह ३ बर्ष अघि भएको थियो। उनको ७ महिनाको एक छोरी पनि छिन।