काठमाडौँ , जेठ २० : देशभरको मौसम सोमबार पनि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद सुवास रिमालले बताएका छन् ।
बिहानैदेखि देशका अधिकांश क्षेत्रमा बदली भएको छ । विशेष गरी मध्य क्षेत्रमा सामान्य बदलीको अवस्था छ भने पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली रहेको मौसमविद रिमालले बताए । दिनभरिकै मौसम यस्तै रहने जनाइएको छ ।
प्रि मनसुनको समय रहेको र अहिले बंगालको खाडीबाट जलवाष्पयुक्त वायु सतही रुपमा आएकाले मौसम बदली भएको हो । केही दिन मौसम यस्तै रहने सम्भावना छ । अपराहन्न वा बेलुकातिर देशका विभिन्न ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको र हावाहुरी पनि चल्ने मौसमविद रिमालले बताए । विशेषगरी मध्य क्षेत्रका केही स्थानमा केही बेर ठूलो पानी पर्न सक्ने छ ।