ज्ञानेन्द्र शाहीलाई प्रहरीले यातना दिएकै छैन : प्रहरी प्रवक्ता पोखरेल (भिडियो)

मनिषा थापा

पिएनपिखबर : गत बुधवार सुर्खेतमा भ्रष्टाचार विरुद्ध  चलिरहेको कार्यक्रमको बीचबाटै प्रहरीले विना पुर्जी लछारपछार गरेर सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको थियो। पक्राउ पछि सुर्खेतका प्रहरीले याताना दिएका कारण उनी घाइते नै बने।

अहिले उनको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भईरहेको छ। उनलाई साइभर क्राइमको मुद्दा लागेको हो।

यता प्रहरी प्रवक्ता विश्वराज पोखरेलले भने ज्ञानेन्द्र शाहीजस्तो सामाजिक अभियन्तालाई प्रहरीले यातना दिएको भन्ने कुरा गलत रहेको अभिव्यक्ति दिएका छन्। उनले भने, ‘पक्राउ गर्ने क्रममा शाही घाइते भएको हुनसक्छ तर नियन्त्रण लिएपछि यातना दिने कुरा म कल्पाना पनि गर्न सक्दिन।’

उनले प्रहरीले विवादीत हुने काम नगर्ने उनको दावी छ। नेपाल अधिराज्य भरमा राजधानीमा मात्रै साइभर क्राइमको मुद्दा हेर्ने भएकोले यसमाथि काम भईरहेको उनले जनाए।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू