उडिरहेको विमानमा बम भएको हल्ला फैलिएपछि

रिता घिसिंग

बीबीसी : फिलिपिन्सको सेबुबाट आइतबार उडेको स्कूट वायुसेवाको विमानमा बम रहेको हल्लापछि सकुशल अवतरण गराइएको छ। उडिरहेको उक्त विमानमा बम भएको हल्ला चलेपछि सिङ्गापुर वायु सेनाको दुई वटा लडाकु विमानको प्रयोग गरी विमानलाई अवतरण गराइएको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार विमान अवतरणपछि चेकजाँच गर्दा कुनै बम फेला नपरेको र सो कुरा हल्ला मात्र भएको पुष्टि गरिएको छ। विमानमा १४४ यात्रु र चालकदलका ६ सदस्य रहेका थिए। बम रहेको हल्ला सोही विमानमा रहेका एक १३ वर्षीय किशोर फैलाएको जनाइएको छ।

यसरी हल्ला फैलाउने ती बालकमाथि सिंगापुर प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । सिङ्गापुरको वायुसेवा स्कूटले द स्रेट्स टाइम्सलाई सो विमानले स्थानीय समयानुसार दिउँसो ४ः४९ बजे अवतरण गरेको र सबै यात्रु सकुशल रहेको बताएको छ ।

प्रतिक्रिया