ज्ञानेन्द्र शाहीको आमा रुँदै मिडियामा, रोकिएनन् आँशु (भिडियो)

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : “नेपालका लागि नेपाली” अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीकी आमा छोराको लागि न्याय माग्दै सुर्खेत देखि काठमाडौँ आएकी छिन्। आफ्नो छोरालाई प्रहरीले निर्मम यातना दिएको भन्दै गह भरी आशु लिंदै दुख व्यक्त गरेकी छिन्। शाहीको न्यायको लागि कुनै पनि हालतमा लड्ने उनले बताईन।


गत १५ गते गणतन्त्र दिवसको दिन सुर्खेतमा आयोजित एक कार्यक्रमबाटै प्रहरीले शाहीलाई विना पुर्जी लछारपछार गर्दै पक्राउ गरेको थियो। पक्राउ पछि प्रहरीले यातना दिएकै कारण ठाउँको, खुट्टा र शरीरको विभिन्न भागमा गहिरो चोट लागेर गम्भीर घाइते भएका शाहीलाई उपचारको लागि सुर्खेतबाट काठमाडौँको ट्रमा सेन्टरमा ल्याइएको थियो।

उनीमाथि साइबर क्राईमको मुद्दा लगाईएको छ। भ्रष्टाचार विरुद्व बोलेकै भरमा पक्राउ गरेर चरम यातना दिएको भन्दै देश व्यापीरुपमा शाहीका समर्थकहरुले घोर निन्दा भएको थियो भने गत शनिबार उनको पक्षमा नागरिक आन्दोलन समेत गरिएको थियो।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू