ज्ञानेन्द्र शाहीलाई भेटेपछि पत्रकार सुशील पाण्डेको खरो प्रतिक्रिया (भिडियो)

मनिषा थापा

पिएनपिखबर : वीर अस्पतालमा उपचार्थ ज्ञानेन्द्र शाहीलाई भेट्न पुगेका पत्रकार शुशील पाण्डेले शारीरिकरुपमा क्षति पुराउनलाई उनी बन्दुक बोकेर हिडेका व्यक्ति भएको भन्दै गुनासो पोखेका छन्। ठुलो समर्थकको भीडमा भ्रष्टचार विरुद्ध चलिरहेको कार्यक्रमको बीचमा लछारपचार गरेर हिरासतमा लानु उचित नभएको उनको भनाई छ।

उनले आफ्नो अभिव्यक्ति दिन पाउने हक सबैमा रहेको बताएका छन्। सोमबार ज्ञानेन्द्र शाहीलाई बयानको लागि लाने क्रममा अस्पताल बाहिर उनका समर्थकहरुले ‘ज्ञानेन्द्र शाही जिन्दावाद’ भन्दै नारा लगाएका थिए। पहिलोपटक नारा लगाईरहंदा शाहीले अभिबादन समेत गरेका छन्।

गत १५ गते गणतन्त्र दिवसको दिन सुर्खेतमा आयोजित भ्रष्टचार विरुद्ध कार्यक्रमबाटै प्रहरीले शाहीलाई विना पुर्जी लछारपछार गर्दै पक्राउ गरेको थियो। पक्राउ पछि प्रहरीले यातना दिएकै कारण ठाउँको, खुट्टा र शरीरको विभिन्न भागमा गहिरो चोट लागेर गम्भीर घाइते भएका थिए। 

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू