एक हप्ताका लागि विद्यालय बन्द

admin

कैलाली, १९ जेठ: अत्यधिक गर्मी बढेपछि धनगढी उप–महानगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । दिन प्रतिदिन बढ्दै गएको गर्मीले विद्यार्थीको पठनपाठन र आवतजावतमा समस्या भएको भन्दै धनगढी उपमहानगरपालिकाले आज आइतबारबाट एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जेठ २० देखि २६ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको सो कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । धनगढी उपमहानगरपालिका शिक्षा शाखाप्रमुख विष्णुप्रसाद कोइरालाले शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम ८५ (३) बमोजिम हिउँदे वा बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिन पाउने व्यवस्था रहेको बताउनुभयो । रासस

प्रतिक्रिया