सेनाको बीस करोडको ठेक्कामा गोलमाल ? बढी मूल्य भर्ने रितेश अग्रवा मालामाल

admin

काठमाडौं, जेठ २१ : नेपाली सेनाले आर्थिक बर्षको अन्तिममा ९६ हजार ७ सय ६६ जोर ट्रयाकसुट र २० हजार १ सय १३ सेट गेमड्रेस खरिदको टेण्डर गरेको छ । साँघु साप्ताहिकले समाचार छापेकाे छ । जुन टेण्डर २०७६ जेठ १४ गते खोलिएको छ ।

आर्थिक बर्षको अन्तिम असार १५ गतेसम्म मात्र भुक्तानी दिन मिल्छ । सेनाले २०७६ असार १५ मै सामान बुझाउनुुपर्नेगरी टेण्डर गरेको छ । असार १५ मा सामान बुझाउनेगरी सेनाले असार १४ गते टेण्डर खोलेको छ । टेण्डर मूल्यांकनको समय ७ दिन चाहिन्छ । आसयपत्र जारी गर्न ७ दिन लाग्छ ।

जेठ २८ मा आसयपत्र जारी गरिसकेपछि जम्मा १५ देखि १७ दिन रहन्छ । १५ दिनमा करिब ९७ हजार जोर ट्रयाकसुट बुझाउन आपूर्तिकर्ताले सक्दैन । सेनाको संभाररथी विभागका जर्नेल, कर्णेलले कि पहिल्यै नै कुनै आपूर्तिकर्तालाई उसकै सामान लिनेगरी स्टक राख्न लगाएर टेण्डरको प्रक्रियामात्र पूरा गरेको हुनुपर्छ । कि त टेण्डर सम्झौता गर्ने, ठेकेदारलाई अग्रिम पेश्की भुक्तानी दिने, सामान आए पनि नआए पनि कमिसन लिने दाउ हुनुपर्छ । १५ दिनमा सामान उत्पादन गरी ल्याएर बुझाउने अवस्था नभए पनि सेनाको संभाररथी विभागले २०७६/०७७ आर्थिक वर्षको बजेट आउनु एक दिन अघि २०७६ जेठ १४ गते मात्रै टेण्डर खोलेको थियो ।

सेनाले आह्वान गरेको ट्रयाकसुट आपूर्तिका लागि राजमान मिश्रको जेएमबीडी इन्टरनेशनलले प्रतिजोर १ हजार २ सय ६२ रुपैयाँ बुझाउनेगरी बोलपत्र पेश गरेको छ । शेर्पा आउटडोर सर्भिसले १ हजार २ सय ८९, अन्तरा इन्टरनेशनलले १ हजार २ सय ९० रुपैयाँ, सिंहवीर सप्लायर्स १ हजार ३ सय ४९ रुपैयाँ, मुनिलाल मागीलाल १ हजार ३ सय ६८ रुपैयाँ, पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स १ हजार ३ सय ७७, श्लोक इन्टरप्राइजेजले १ हजार ५ सय ५१ रुपैयाँ र एसके ट्रेडर्स १ हजार ५ सय ८६ मा दिनेगरी बोलपत्र बुझाएका छन् ।

गेमड्रेसको लागि टेण्डरमा भाग लिने शेर्पा आउटडोरले २ सय ८९ रुपैया“मा बुझाउने प्रस्ताव गरेको छ । जेएमबीडीले ३ सय ७७ रुपैयाँ, मुगीलाल मागीलाल ३ सय ३ सय ८७ रुपैयाँ, बीवाई ट्रेडर्स ३ सय ९४ रुपैयाँ, श्लोक इन्टरप्राइजेज ४ सय ११ रुपैयाँ, पूजा ट्रेडिङ ४ सय २३ रुपैया“, एसके ट्रेडर्स ४ सय २५ रुपैयाँ, एमके सप्लायर्सले ६ सय ७५ रुपैयाँमा दिनसक्नेगरी बोलपत्र पेश गरेका छन् ।

ठेकेदार स्रोत भन्छ, ९६ हजार ७६६ ट्रयाकसुट र गेमड्रेस समेत गरी करीब २० करोड बराबरको टेण्डरमा सम्भाररथी विभागसंग पहिले नै रितेशकुमार अग्रवाल समूहसंग सेटिङ भएबाहेक अन्यले सेनाको सर्तअनुरुप २०७६ असार १५ मा बुझाउन सम्भव छैन । सेनामा बोलपत्र पेश गर्ने बोलपत्रदाताहरुमध्ये रितेश अग्रवालको दुईवटा कम्पनी श्लोक इन्टरप्राइजेजले १ हजार ५ सय ५१ रुपैयाँ र एसके ट्रेडर्स १ हजार ५ सय ८६ मा टेण्डर भरेका छन् ।

यिनै दुईको कम्पनीलाई मिल्नेगरी स्पेक तयार गरिएको ठेकेदार स्रोत बताउछ । प्रधानसेनापति पूर्णचन्द्र थापाले विश्वास गरेका उपरथी रघु भण्डारी, सहायकरथी योगेन्द्र शर्मा र कर्णेल जीवन शर्मासंगको आशीर्वादमा बढी मूल्य राखेपनि रितेश अग्रवालको २ वटा कम्पनीको ट्रयाकसुटको नमूना टेष्ट पास हुने गरी सप्लाईको ठेक्का पाउने लगभग निश्चित भएको सैनिक स्रोतले बताएको छ ।

आर्थिक बर्षको अन्तिममा हतार हतार १५ दिनभित्र सामान बुझाउँदा ठेकेदारले गुणस्तरहीन सामान बुझाएर सम्भाररथीका हाकिमहरुस“ग कुरा मिलाएको स्रोत बताउछ । प्रधानसेनापति पूर्णचन्द्र थापाले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएकाले सिपाहीको पोशाक गुणस्तरहीन खरिद गरी कमिसन खाने विगतको पुनरावृत्ति हुन नदिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू