११ वर्ष देखि प्रेममा रहेको सावित्री सुबेदीले गरिन् खुलासा : नेपालमै इशाको विवाह गराईदिँदै (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय महिलाहिँसाको विरुद्ध आवाज उठाउदै आएकी सावित्री सुवेदी विभिन्न कारणले चर्चामा आइनै रहन्छिन। प्राय उनको आफ्नो अभिव्यक्तिले गर्दा विवादित हुने गर्छिन।

अहिले भने उनले आफ्नो ११ वर्ष देखि नै प्रेमी रहेको खुलाएकी छिन्। उनले जीवनमा विवाह नगर्ने तर सन्तान भने चाडै नै जन्माउने अभिव्यक्ति दिएकी छिन्। प्रेमी रहेता पनि उनी जीवनमा विवाह नगर्ने र एक्लै सन्तान हुर्काउने दाबि गरेकी छिन्।

कुराकानी कै क्रममा उनले टेलिभिजनकर्मी रवि लामिछानेको पुर्वपत्नी इसाको चाडै विवाह गराईदिने बताएकी छिन्। उनको अनुसार, इशालाई पनि विवाहको लागि उनले सम्झाएकी हुन्। मङ्सिरभित्र नै सुवेदीले इशाको विवाह हुने बताएकी छिन्। श्रीमानबाट पिडित भएका महिलाहरु देखि सामाजिकरुपमा बहिस्कार भएको महिलाको सहभागिता रहने उनको भनाई छ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू