ज्ञानेन्द्र शाहीको कुरा प्रधानमन्त्रीसम्म पुगिसकेछ : डा सुरेन्द्र भण्डारी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ज्ञानेन्द्र शाहीले बार-बार आफुले ‘के अपराध गरे’ भनिरहेको डा सुरेन्द्र भण्डारीले बताएका छन्। शाही राष्ट्रको हितको लागि आवाज उठाउँदा यस्तो सजाय भोग्नु परेकोमा निकै दुखित छन। उनलाई शारीरिकमात्र हैन भावनामा पनि निकै ठेस पुगिरहेको भण्डारीको भनाई छ।

 

ज्ञानेन्द्र शाहीमाथि घटेको घटनाबारे प्रधानमन्त्रीसम्म पनि पुगेको बताए। उनले पनि सरोकार राखिरहेको उनले टिप्पणी गरे। ज्ञानेन्द्र शाहीले गरेको कामले सरकार खुशी हुनुपर्ने ठाउँमा शाहीको कुरा पाच्य नभएकोमा भण्डारीले दुख व्यक्त गरे। 

सरकारले भेदभाव गरेको भन्दै उनले भने, ‘दुई दिन अघि प्रचण्ड पुष्पकमल दाहालले भ्रष्टचारले मुलुक आक्रान्त भएको छ भनेका थिए उनलाई प्रहरीले पक्रिएन तर ज्ञानेन्द्र शाहीले भ्रष्टचार विरुद्ध बोल्दा उनलाई पक्रिने। यसले सरकारले भेदभाव गरेको देखिन्छ।’ ज्ञानेन्द्र शाही सँगै हिरासतमा रहेका नौ जनामाथि पनि कुटपिट भईरहेको भण्डारीले जनाए।

उनले शाहीमाथि हिसा गर्नेलाई कानुनको दायरामा नलाएमा सर्वच्च अदालतमा जाहेरी लिएर जाने चेतवानी दिएका छन्। वीर अस्पतलामा उपचार्थ ज्ञानेन्द्र शाहीलाई त्यहाँका डाक्टरले समेत् विप्लबको कार्यकर्ता र आतंककारी भन्दै अफावाह फैलाएकोमा भण्डारीले आपत्ति जनाएका छन्। सरकारले उनको उपचार समेत् नगरेको र आफुहरुले नै पैसा उठाएर उपचार भईरहेको उनको भनाई छ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू