ज्ञानेन्द्र शाहीको रिहाइ माग गर्दै यी युवा आमरण अनसनमा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ज्ञानेन्द्र शाहीको रिहाइ माग गर्दै एक युवा आमरण अनसनमा बसिरहेका छन्। के एन बस्याल नाम गरेका यी युवा आफुलाई स्वतन्त्र नागरिक भनेर चिनाउन चाहान्छन। उनी भ्रष्टचारविरुद्ध तथा शाहीको रिहाई माग गर्दै गत शनिबार देखि आमरण अनशन बसेका हुन्।

आफ्नो अनशनले केहि न केहि रुपले सरकार संचेत हुनेमा उनी विश्वस्त छन्। ११ बुदे माग सहित् उनको अनशन शुरु भएको हो। उनले शाहीको रिहाई नभएसम्म अनशन बस्ने बताए।

गत १५ गते गणतन्त्र दिवसको दिन सुर्खेतमा आयोजित भ्रष्टचार विरुद्ध कार्यक्रमबाटै प्रहरीले शाहीलाई विना पुर्जी लछारपछार गर्दै पक्राउ गरेको थियो। पक्राउ पछि प्रहरीले यातना दिएकै कारण ठाउँको, खुट्टा र शरीरको विभिन्न भागमा गहिरो चोट लागेर गम्भीर घाइते भएका थिए। 

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू