रबि लामिछानेले भेट्दा ज्ञानेन्द्र शाही धरधरी रोए (भिडियो)

मनिषा थापा

पिएनपिखबर : केही दिन देखि अष्ट्रेलियामा रहेका लोकप्रिय पत्रकार रवि लामिछाने मंगलबार नेपाल फर्किएका छन्। उनी फर्किएपछि एयरपोर्टबाट सिधै सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई भेट्न ट्रमा सेन्टर  पुगेका थिए। शाहीले आफुलाई अँगालो हालेर रोएको रविले बताएका छन्। आफुले यस घटनाबारे सबै वृस्तृत रुपमा बुझ्न बाँकी रहेको उनको भनाई छ । उनले जति नै गाली गलौज गरे पनि यातना कुनै पनि व्यक्तिलाई दिन नहुने जनाए । 

गत १५ गते गणतन्त्र दिवसको दिन सुर्खेतमा आयोजित भ्रष्टचार विरुद्ध कार्यक्रमबाटै प्रहरीले शाहीलाई विना पुर्जी लछारपछार गर्दै पक्राउ गरेको थियो। पक्राउ पछि प्रहरीले यातना दिएकै कारण ठाउँको, खुट्टा र शरीरको विभिन्न भागमा गहिरो चोट लागेर गम्भीर घाइते भएका थिए। पत्रकारलाई गाली गरेको अभियोगमा उनीमाथि साइबर क्राइमको मुद्दा लागेको छ।

प्रारम्भिक अनुगमनका क्रममा शाहीलाई प्रहरीले यातना दिएर घाइते बनाएको र उनलाई पक्राउ विनपूर्जी पक्राउ गरेको पाइएको मानवअधिकार आयोगलेले विज्ञप्तिमार्फत जनाएको छ ।

साथै, शाहीको प्रभावकारी स्वास्थ्य उपचार गर्न र घरपरिवारलाई भेटघाटको व्यवस्था मिलान आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । यातना दिएको उजुरी परेपछि आयोगले १७ गते घटनाको अनुगमन गरेको थियो ।

हाल शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था निकै कमजोर रहेको छ। उनी निकै रोईरहेका छन् र छिन् छिन् मै बेहोस पनि भएका छन्। अस्पतालमा शाहीका समर्थकले ‘ज्ञानेन्द्र शाहीलाई रिहाइ गर’ देखि उपचार खर्च निशुल्क गर भन्दै नारा लगाई रहेका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू